लेकाली अनलाइन
साउन २७, दाङ ।
तिज नजिकिदै गर्दा दङ्गाली गायक तथा माेडल एच.अार. मगरकाे तिज गीत “मुरलीको धुन” सार्वजनिक भएकाे छ । चर्चित लाेकदाेहाेरी गायिका तुलसी घर्ती मगर र एच.आर.मगरले आवाज दिएकाे गीतकाे शब्द मधुसूदन डाँगी र संगीत एलिशा मगरकाे रहेकाे छ।
गीतकाे म्युजिक भिडियाेमा आरुसि मगर र एच.आर.मगरले अभिनय गरेका छन् । निस्चल केसी ले निर्देशन गरेकाे भिडियाेकाे छांयाङकन मुकेश हुमागाइ र सम्पादन अमृत चापागाइले गरेका छन।
वन वे फिल्मस प्रालिको प्रस्तुतिमा रहेकाे तिज गीत “मुरलीको धुन” लाई म्युजिक नेपालको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
हेर्नुहाेस् भिडियाे