• २०८१ मङ्सिर २४ गते सोमवार
  • Preeti To Unicode

आधा शैक्षिकसत्र बितिसक्दा पनि सल्यानको एक विद्यालयमा गणित शिक्षक छैनन् 


लेकाली अनलाइन
पुस ११, सल्यान ।
आधा शैक्षिकसत्र बितिसक्दा पनि सल्यानको एक विद्यालयले रिक्त रहेको शिक्षक पदपुर्ति गर्न सकेको छैन् ।

जिल्लाको बागचौर नगरपालीका ९ खोरबारेमा रहेको श्री शिशु जागरण माध्यामीक विद्यालयमा लामो समय देखि विद्यालय ब्यवस्थापन समिती गठन हुन नसक्दा रिक्त रहेकाे शिक्षक पदपुर्ति गरिएको छैन् । कक्षा १० सम्म रहेकाे उक्त विद्यालयमा गणित विषय पढाउदै आएका शिक्षक शिव राज वलीले ६ महिना अगाडी नै विद्यालय छोडिसक्दा पनि अहिले उनको ठाउँमा अर्काे शिक्षक राखिएको छैन । SEE  नजिकिदै गर्दा पढाईको चाप सँगै अहिले उक्त महत्वपुर्ण गणित बिषय अर्का शिक्षक ज्योति प्रशाद वली लगाएतका अन्य शिक्षकले पढाउदै आएको प्रधानध्यापक केवलराम डाँगीले बताएका छन् ।

यता जिल्ला शिक्षा कार्यालय सल्यानका जिल्ला शिक्षा अधिकारी देविप्रसाद सुवेदीले लेकाली अनलाइन सँग कुरा गर्दै भने “ शिक्षा एेन ८ औँ संसोधन अनुसार पहिले नै वि.व्य.स. गठन गरी शिक्षक नियुक्ती गर्न आग्रह गरिएको हो । पटकपटक आग्रह गर्दा पनि विद्यालयले अटेरी गरी शिक्षक नराखेर विद्यार्थीको शिक्षामा खेलवाड गरेको छ ।’’ जिशिअ सुवेदीले भने “ शिक्षा एेन ८ औँ संसोधन नहुँदाका विद्यालय व्यबस्थापन समिती अध्यक्ष लोक बहादुर डाँगी र प्रधानध्यापक केवलराम डाँगीलाई छिटै वि.व्य.स. गठन गरी शिक्षक राखेर विद्यार्थीको शिक्षामा सुधार ल्याउन आग्रह गर्दछु । ’’

प्रकाशित मिति : २०७४ पुष ११ गते मङ्गलवार