• २०८२ बैशाख १५ गते सोमवार
  • Preeti To Unicode

सल्यानकाे कालिमाटी र सिद्ध कुमाख गाउँपालिकाले अध्यक्ष राेजगार कार्यक्रम संचालन गर्ने


असार १०, सल्यान । सल्यानकाे कालीमाटी गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाले अध्यक्ष रोजगार कायक्रम सञ्चालन गर्ने भएका छन् । आगामी आर्थिक बर्षको निति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै यी गाउँपालिकाले बेरोजगारहरुलाई गाँउमा नै रोजगारी दिने उद्धेश्यका साथ अध्यक्ष रोजगार कार्यक्रम सञ्चालनकाे तयारी गरिएकाे जनाएका छन् ।

काेराेना भाइरसका कारण रोजगार गुमाएका नागरिक र बेरोजगार व्यक्तिहरुलाई मध्यनजर गरी अध्यक्ष रोजगार कार्यक्रम समेटिएकाे सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताए । जसका लागि सिद्ध कुमाख गाउँपालिकाले २५ लाख बजेट विनियाेजन गरेकाे छ । यहाँ कुल अनुमानित बजेट ३० करोड ४१ लाख ५८ हजार ल्याइएकाे छ ।

त्यस्तै अध्यक्ष राेजगार कार्यक्रमकाे लागि २ कराेड रुपैयाँ विनियोजन गरिएको गाउपालिका अध्यक्ष दान बहादुर केसीले बताए । गाउँपालिकाले आगामी आर्थिक बर्षको लागी ४५ करोड ५३ लाख रुपैँया विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार