• २०८१ फाल्गुन ६ गते मङ्गलवार
  • Preeti To Unicode

विश्वभर कोरोना संक्रमित हुनेकाे संख्या कति ?


भाद्र १,  काठमाडौं ।  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ ।

एकैदिन २ लाख १२ हजार १९५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या २ करोड १८ लाख २२ हजार १५९ पुगेको हो । यस्तै एकै दिन थप ४ हजार ५२५ जनाको मृ त्यु भएपछि सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृ त्यु हुनेको संख्या ७ लाख ७२ हजार ९६५ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४५ लाख ५६ हजार ९६५ जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६.७० प्रतिशत हो । यस्तै ६४ लाख सक्रिय संक्रमितमध्ये ६४ हजार संक्रमितको अवस्था गम्भीर रहेको वल्डोमिर्टसले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार