कविता
कागजी फुलहरुमा सिमित नरहोस् रोज डे
उपन्यासका पाना भित्रका वाक्य, सिनेमाका डाइलक
अनि मगज भित्र कन्ठित सिद्धान्त उच्चारण नहोन प्रेपोज डे मा
मुख मिठो बनाउने लाभमा नमनाइयोस् चक्लेट डे
सिर्प उपहारकै लागि नभैदेओस टेड्डी डे
बानी लागि बोलिएका वचनमा निर्भर नभैदेओस् प्रेमिस डे
क्षणिक आनन्दको शारीरिक शुखभोगको लागि नगरियोस् हग डे
गुलाबी अधरको रस स्वादनको लागि त हुँदै नहोस् किस् डे
रुप ,रङ्ग ,धन सम्पत्ति , सिधाान्त ,
स्वार्थमा नबिगोस प्रेम
देखासिकी ,रहर , रमाइलो मनाउनकै
निमित्त पटक्कै नमनाइयोस्,
प्रणय दिवस !
आज मात्र होइन हरदम
ओठ खोल्नु अघि आँखा बोलोस्
हृदय बोलोस् , आत्मा बोलोस्
एक अनौठो आभास यस्तो होस्
सामीप्यको क्षण रोकियोस् झैँ
मधुर बनोस् प्रेम
हर कोहिलाई बसमा गर्ने प्रेम
अनन्त होस् , अजम्बरी बनोस्
प्रेम जिवन्त होस् !!
फेब्रुअरी १४ आजको दिन
सुर्यका किरण झैँ चम्किरहुन प्रेमिल
जोडिका मुहारबिन्दु
पात छुट्टिएका हागाहरुमा पालुवा बनी पलाउन सम्बन्धहरु
प्रेम गुरु भ्यालेन्टाइनडेको सम्झना, सम्मानमा
हर प्रेम जोडिका लागि उत्सव होस् यो दिन
सम्बन्धहरु मज्बुत बनोन्, सुमधुर होउन्
आफू जलेर प्रकाश छर्ने दियो बनोस् प्रेम
युगौं युग रहिरहने सञ्जीवनि होस् प्रेम
हर प्रेमी सफल होउन्, खुशी होउन् ,
ह्यापी भ्यालेन्टाईन्स् डे ।