बैशाख १, सल्यान ।
नयाँ वर्षकाे अवसरमा सल्यानकाे दमाचाैरमा दुइ दिनसम्म चलेकाे भलिबल प्रतियाेगिता बुधबार सम्पन्न भएकाे छ । साविक दमाचाैर गाविसका ९ वटा वडा (हाल छत्रेश्ररी गाउँपालिका १ र २ वडा) लाइ लक्षित गर्दै छत्रेश्वरी गाउँपालिका १ का वडा सदस्य प्रकाश हमालले व्यक्तिगत खर्चमा भलिबल र महिला रस्साकसी प्रतियाेगिता राखेका थिए ।
भलिबलमा प्रथम साविक दमाचाैर गाविस वडा नम्बर १ पलाटे भएकाे छ । प्रथम हुने टिमलाइ १५ हजार बराबरकाे खसी उपहार दिइएकाे वडा सदस्य हमालले बताए । त्यस्तै, दितृय साविक वडा नम्बर ४ चिन्नेखर्क र तितृय साविक वडा नम्बर २ मयानी भएकाे छ । दितृयलाइ साँढाे र तितृयलाइ बाख्राे उपहार दिइएकाे छ ।
भलिबलमा ८ वटा टिमले सहभागीता जनाएका थिए । भलिबलका लागि दर्ता शुल्क २ हजार राखिएकाे थियाे ।
त्यस्तै महिला रस्साकसीमा प्रथम साविक वडा नम्बर ३ काे ‘ए’ र दितृय वडा नम्बर ३ कै ‘बि’ भएका छन् भने तितृय वडा नम्बर २ मयानी भएकाे छ । रस्साकसीमा प्रथमलाइ २५ सय, दितृयलाइ १५ सय र तितृयलाइ एक हजार पुरस्कार दिइएकाे छ । रस्साकसीमा दर्ता शुल्क निशुल्क थियाे ।