• २०८२ बैशाख १५ गते सोमवार
  • Preeti To Unicode

सुनकाे मुल्य घट्याे


बैशाख १२, काठमाडौँ ।

आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

गत साताको शुक्रबार तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आइतबार ९१ हजार ३००  रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनलाई आज ९० हजार ८०० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार ३२० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आइतबार एक हजार ३१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार