• २०८१ चैत्र १२ गते बुधवार
  • Preeti To Unicode

राजधानिका हिसाबले दाङ नै उपयुक्त जिल्ला हाे, त्यसकाे लागी म लागिपरेकाे छुः महरा


फागुन ४, दाङ ।

पुर्व उपप्रधानमन्त्रि तथा माओवादि केन्द्रका नेता कृष्णबहादुर महराले दाङ स्थायि राजधानि बनाउन आफु लागि परेको बताएका छ । दाङबाट प्रतिनिधी सभामा सांसदमा समेत चुनिएका महराले राजधानिका हिसाबले दाङ नै उपयुक्त जिल्ला भएको बताएका छन् ।

बिहिवार घोराहीमा ‘दाङ जिल्ला उद्योग वाणिज्य संघ’को आयोजनामा भएको दाङ महोत्सवमा बाेल्दै महराले वाम गठवन्धनले दाङलाई नै स्थायि राजधानि बनाउन लविङ समेत चलाइरहेको बताएका छन् ।

महोत्सवको उद्घाटन समारोहमा बौल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रादेशीक राजधानिका लागि दाङ असाध्यै उपयुक्त ठाँउ भएको भन्दै सबै मिलेर पहल गर्नुपर्ने बताएका छन् । उनले आजको दाङ बन्न धेरैको त्याग, तपस्या र वलिदान भएको बताएका छन् । उनले भने-‘विकास र समृद्धिको प्रचुर सम्भावना बोकेको दाङ द्रुत्तर आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मैले पाएको छु,’ पुनले भने, ‘झण्डै ८० प्रतिशत नागरिक कृषिमा निर्भर रहेको यो भूमि विस्तारै औद्योगिकता तर्फ लम्कन खोजिरहेको छु ।’

फरक प्रसंगमा बाेल्दै उपराष्ट्रपति पुनले राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउनुपर्ने बताएका छन् । उनले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै समृद्ध राष्ट्र निर्माण गर्न सबै पक्षको बलियो हातेमालोको खाँचो रहेको बताएका हुन् ।

‘म समृद्ध नेपालका लागि बलियो साझेदारी गर्न सरकार, नीजि क्षेत्र, सहकारी र अन्य सबै क्षेत्रलाई यो सभामार्फत अपील गर्दछु,’ पुनले भने, ‘अब सबैको ध्यान समृद्ध नेपाल निर्माण गर्न केन्द्रित हुनुपर्दछ । प्रत्येक नेपाली नागरिकको आर्थिक तथा सामाजिक रुपान्तरणसहितको समृद्ध नेपाल निर्माण गर्न सबै अगाडि बढ्नुको विकल्प हामीसँग छैन ।’

मुलुकमा राजनीतिक रुपमा संक्रमणको अन्त्य हुँदै स्थिरताको सुरुवात भएको उल्लेख गर्दै पुनले नेपाली राजनीतिक संघर्षको उपलब्धीहरुलाई संस्थागत गर्न संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन भव्यतम रुपमा सम्पन्न भएको बताए ।

‘सामाजिक रुपमा विभिन्न कालखण्डका ऐतिहासिक उपलब्धीका रुपमा शासन सत्तामा सबै समुदायको पहुँच पुगेको छ र विभेदहरु कम हुँदै गएका छन्,’ उनले भने । हाम्रो अर्थतन्त्रमा विविध चुनौती र अप्ठ्यारा छन् । तर, हामी यहीं अप्ठ्याराहरुका बीच आर्थिक समृद्धिको मार्गमा अगाडि बढिसकेका छौं ।

प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते शुक्रवार