• २०८१ मङ्सिर २४ गते सोमवार
  • Preeti To Unicode

पारस शाह चढ्ने बाईकको मूल्य कति हाे ? जुन नेपालको कुनैपनि शोरुममा पाइदैन्


साउन १६, काठमाडाैं ।

पूर्वयुवराजधिराज पारश शाहलाई हेल्मेट नलगाई नशालु हालतमा असुरक्षित तवरले मोटरसाइकल कुदाएपछि हिजो साँझ प्रहरीले समातेको छ । काठमाडौं महाराजगञ्जको चक्रपथ चोकमा हेल्मेटबिना हार्ले ड्याभिड्सनको मोटरसाइकल कुदाएका उनी सद्दे हालतमा समेत देखिएका छैनन् ।

प्रहरीका अनुसार उनले ड्रग्स नखाए पनि सद्दे अवस्थामा नरहेको र राम्रोसँग उभिन र बोल्न समेत नसकेको भिडियोमा देखिन्छ । प्रहरीको फन्दामा परेपछि प्रहरीले हात समातेर घर जान अनुरोध गर्दा उल्टै जाइलागेर जान्नँ भन्दै नाकतिर औंला तेर्स्याएर अड्डी कसेका थिए ।

आफूले कहिल्यै हेल्मेट नलगाउने जिद्दी गरेका पारस हिजाे पनि लामै कपालमा प्रहरीसँग दोहोरो सवाल जवाफमा उत्रेका हुन् ।

उनले भनेका छन्, ‘म कहिल्यै हेल्मेट लगाउँदिन ।’ पछि जम्मा भएका केही मोटरसाइकलवालाले पारसलाई ‘सरकार’ भन्दै बाइक चढाएर बिना हेल्मेट निर्मल निवास पठाएको छ ।
उनले चढ्ने बाईकबारे चासो बढेको छ ।

उनले चढेको यो मोटरसाइकल हार्ले डेभिड्सनको सफटेल हेरिटेज १९९५ मोडल हो । यो बाइक हाल नेपालमा कुनै पनि शोरुममा उपलब्ध छैन ।

उक्त मोडलको मोटरसाइकल नेपाल ल्याइएमा ८५ देखि ९० लाखसम्म पर्नसक्ने हार्ले डेभिड्सन मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सका म्यानेजर महेश थापाले जानकारी दिए।

‘यो मोटरसाइकल हामीले नै सर्भिसिङ गरेका हौं। लामो समयदेखि थन्काएको मोटरसाइकल भएपनि यसमा त्यति जटिल समस्या थिएन,’ उनले भने।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार