सफलताकाे कथा (१), डिल्ली प्रकाश केसी ।
२०४२ सालमा सल्यानकाे कुमाख गाउँपालिका वडा नम्बर ५ काैछेमा जन्मिएका डिल्ली प्रकाश केसी अहिलेका एक सफल निर्माण व्यवसायी हुन् । विद्यार्थीकाे राजनिति सँगै निर्माण व्यवसायमा हात हालेका केसीले अहिलेसम्म दर्जनाैं निर्माणका कामहरु गरिसकेका छन् ।
राजनिति जिवन
उनि विद्यार्थी जिवनमा विद्यार्थीकाे राजनिति रहेका काम गरेका थिए । २०५४ सालदेखि माओवादी जनयुद्धमा भुमिगत हुँदै उनि २०६१ सालसम्म माओवादीको विद्यार्थी संगठनमा आवद्ध भएका थिए ।
पछि उनि २०६२ देखि नेकपा एमालेमा आवद्ध भइ व्यवसायी सुरु गर्न तिर लागेका हुन् ।
२०६४ सालदेखि निर्माण व्यवसायीमा आवद्ध भएका उनि २०७० सालमा तत्कालिन मध्यपश्चिम अञ्चल निर्माण व्यवसायी संघको सचिव भए । २०७४ सालमा कर्णाली प्रदेश निर्माण व्यवसायी संघको महासचिव भएका उनि २०७६ सालमा कर्णाली प्रदेशको निर्माण व्यवसायीको अध्यक्ष प्रत्यासी बने । ६ भाेट कम भएपछि उनि अध्यक्षमा विजय हुन सकेनन् ।
निर्माण सम्पन्न गरेका याेजनाहरु
निशान भुमि कन्स्ट्रक्सनका संचालक रहेका केसीले अहिलेसम्म सडक, भवन, पुल, खानेपानी, विद्युत जस्ता निर्माणका कामहरु गरेका छन् भने नेपाल प्रहरीको सल्यान जिल्लामा रासन आपुर्तीकाे समेत काम गरिसकेका छन् ।
उनले हालसम्म ५ वटा सडकका काम, ७ वटा भवनका काम, ३ वटा खानेपानीका काम, एक/एक वटा विद्युत र पुलका काम सम्पन्न गरिसकेका छन् । उनकाे निशान भुमि कन्स्ट्रक्सन सी वर्गकाे निर्माण कम्पनी हाे ।
निर्माण सम्पन्न भएका केहि तस्बिरहरू
हिवलचा हेल्थ पाेष्ट, शारदा नगरपालिका ११ सल्यान ।
सितलपाटी-खलंगा खानेपानी आयाेजनाकाे जिल्ला प्रशासन कार्यालय सल्यान नजिकै बनेकाे खानेपानी ट्यांकी
शंकमुल पार्क
नयाँ शहर आयाेजना चाैरजहारि रुकुम पश्चिम
दार्मा खाेलाकाे पुल
इलाका प्रहरी कार्यालय, सितलपाटी
बृहत् लिफ्टिङ खानेपानि आयाेजना, प्युठान
सल्यान अस्पतालकाे भवन
बागचाैरमा कालाेपत्रे गरिदै गरेकाे सडक
सिद्ध कुमाख गाउँपालिका वडा नम्बर ३ काे भवन
बागचाैर नगरपालिकाकाे भवन