• २०८१ मङ्सिर २३ गते आइतवार
  • Preeti To Unicode

शेर सिमाना कार्यक्रम जाजरकाेटकाे मनघाटमा सम्पन्न


सल्यान ३१, साउन ।

सल्यान कला साहित्य परिषदले आयोजन गरेको साहित्यिक कार्यक्रम शेर सिमानामा जाजरकाेट छेडागाड नगरपालिकाको मनघाटमा सम्पन्न भएको छ ।

छेडागाड नगरपालिकाको आर्थिक, सहयोग जाजरकोटी साहित्य आवाजको समन्वय र सल्यान कला साहित्य परिषदको आयोजनामा शेर सिमानामा कार्यक्रम सम्पन्न भएको हो ।

जाजरकोट, सल्यान, सुुर्खेत, रुकुम गरि चार जिल्लाको सिमाना पर्ने ठाउँमा संचालन गरिएको कार्यक्रममा २० जना साहित्यकार रहेका थिए कार्यक्रममा सहभागी साहित्यकारले साहित्यिक सृजना बाचन गरेका थिए। छेडागाड नगरपालिका प्रमुख लालबहादुर महतराले ब्यानर पढेर कार्यक्रमकाे उदघ्राटन गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लालबहादु महताराले बिकट ठाउँमा भौगलिक हिसावले पछाडि परेको जिल्लाको पनि एक बिकट पालिकामा सल्यान कला साहित्य परिषदले ऐतिहासिक सािहत्यिक कार्यक्रम गरेकोले धन्यवाद व्यक्त गरे जहाँ अप्ठ्यारो हुन्छ त्यहा सृजना फुट्ने समेत बताए ।

यस्तै कार्यक्रममा गाउँपालिका उप्रमुख सरिता वली अथिति साहित्यकार पुर्ण समीर महतारा, सल्यान कला साहित्य परिषद्का संस्थापक लोकेश जलनले मन्तव्य राखेका थियोे ।

सल्यान कला साहित्य परिषद्कि सचिव शान्ता बिसीले कार्यक्रम सहजिकरण गरेका थिए कार्यक्रमको समापन सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकाय (एक्सनले) गरेका थिए ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार