• २०८१ माघ १० गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा ‘राप्ती गजल संगम’ कार्यक्रम हुने


भदाै १५, सल्यान ।

राप्ती साहित्य परिषद् सल्यानले सल्यानमा राप्ती गजल संगम कार्यक्रम २०७८ गर्ने भएको छ ।

साहित्यसेवी १५६ औं मोति जयन्तीको अवसर पारी सल्यान, दाङ्ग र रोल्पाका ३/३ जना  गजलकारहरुको उक्त कार्यक्रममा सहभागिता रहने राप्ती साहित्य परिषद् सल्यानले जनाएको छ ।

राप्ती गजल सङ्गम कार्यक्रम २०७८ सल्यानको खलंगामा हुने भएको छ ।

उक्त कार्यक्रममा सल्यानका राजेन्द्र जिएम, सृजना देवकोटा, वाईबी जिएम, दाङ बाट प्रतीक सङ्ग्रामी, भुमी क्षेत्री, आशिष् कल्पबृक्ष र रोल्पाबाट सन्तोष मगर, सपना डाँगी, दिलकुमारी बुढामगरले गजलहरु प्रस्तुत गर्ने परिषदका सचिव तारादेव शर्मा जानकारी दिए ।

कार्यक्रम यहि भदाै २२ गते सल्यान खलंगामा बिहान साढे १० बजे हुने बताइएकाे छ ।

अहिलेको समयमा साहित्य क्षेत्र प्रभावकारी बन्दै आएको यो अवस्थामा राप्ती साहित्य परिषद सल्यानले पनि यसअघि अनलाइन मार्फत पहिलो सल्यान कविता सङ्ग्राम कार्यक्रम २०७८ गरेकाे थियाे ।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार