• २०८१ फाल्गुन ६ गते मङ्गलवार
  • Preeti To Unicode

गजल/चल्दैछ जिन्दगी दुनियाँ टालेर आजभोलि। विवश एस.बि


चल्दैछ जिन्दगी दुनियाँ टालेर हिजोआज।।
औसिएको अगेनोमा आगो बालेर हिजोआज।।

यहाँ सामन्तहरु व्यन्जन खाई रहेछन्।।
आफु भने साग र सिस्नु गालेर हिजोआज।।

अत्याचारको पनि त सिमा हुन्छनी यार।।
मार्सिक बन्छ सरकार ढालेर हिजोआज।।

भद्रहरु रंगमञ्चको नाटकमा ब्यस्त छन।।
निमुखाको दैनिकी बालुवा चालेर हिजोआज।।

थाकिसके होलान् गोठका लहिना गाईहरु।।
गरिएछ ठुलो भुल गधा पालेर हिजोआज।।

विवश एस.बि (हेटौंडा )

प्रकाशित मिति : २०७४ फाल्गुन ८ गते मङ्गलवार