• २०८१ कार्तिक २१ गते बुधवार
  • Preeti To Unicode

सल्यान कला साहित्यद्वारा राउटे समुदायीलाई खाद्यान्न सहयाेग


माघ २८, सल्यान ।

सल्यान कला साहित्य परिषद्ले राउटे समुदायीका ४८ घरधुरीलाइ खाद्यान्न सहयाेग गरेकाे छ ।

सुर्खेतको सिम्ता गाउँपालिमा बाखर्क (सिर्जना बजारमा) नजिकै अस्थाई बसोबास गरिरहेका राउटे समुदायीलाइ परिषद्ले करिब ३५ हजार बराबरकाे खाद्यान्न सहयाेग गरेकाे जनाएकाे छ । परिषद्का पदाधिकारीहरुबाट पैसा संकलन गरेर २५ बाेरा चामल र ५० प्याकेट नानु वितरण गरिएकाे अध्यक्ष भरत राेकायले बताए ।

उनकाअनुसार राउटे बस्ती नजिकै गजल बाचन कार्यक्रम पनि गरिएकाे थियाे । राउटे समुदायीलाइ नेपाली भाषाकाे गजल सुनाउने आफुहरुकाे चाहाना भएपनि सुर्खेतकाे प्रशासनले गर्न नदिएपछि नजिकैकाे एउटा सभाहलमा गजल बाचन कार्यक्रम गरिएकाे थियाे ।

गजलकारहरु कोकिला सिंह ठकुरी, सुनिल राना ‘बिरही’, टोप घर्ती ‘अनुरागी’ र मनोज दहाल ‘मुनु’ले गजल बाचन गरेका थिए ।

सल्यान कला साहित्य परिषदका अध्यक्ष भरत रोकाए ‘एक्सनको सभाध्यक्ष सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र केसीकाे प्रमुख आतिथ्यमा भएको उत्त कार्यक्रमको सहजिकरण लोकेश जलनले गरेका थिए ।

सल्यान कला साहित्य परिषद्ले पछिल्लाे समय धेरै ठाउँहरुमा गजल महफिल तथा गजल बाचन कार्यक्रमहरु गरिरहेकाे छ । केहि समयपछि सल्लीबजारमा पनि कार्यक्रम गर्ने तयारी भएकाे र त्यसकाे लागि नगरपालिकासँग समन्वय भैरहेकाे अध्यक्ष राेकायले बताए ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार