• २०८१ मङ्सिर २४ गते सोमवार
  • Preeti To Unicode

सल्यानकाे बनगाडमा स्थानीय कला सांस्कृतिकाे प्रदर्शनी


चैत १७, सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले स्थानीय कला सांस्कृतिहरुकाे प्रदर्शन गरेकाे छ । नगरपालिकाकाे सहयाेग र सल्यान कला साहित्य परिषद्काे आयाेजनामा साेमबार र मंगलबार दुइ दिन स्थानीय कला सांस्कृतिकाे प्रदर्शनी गरिएकाे हाे ।

दुइदिनसम्म सल्लीबजारमा चलेकाे बनगाड लाेक साहित्य महाेत्सवमा स्थानीय लहरे, सिंगारु, झाप्रे, मयुर, बनगाडी टप्पा, ठाडी भाका जस्ता नाचहरु प्रदर्शनी गरिएकाे थियाे । यी नाचहरु पछिल्लाे समय लोपोन्मुख अवस्थामा छन् ।

त्यस्तै महाेत्सवमा स्थानीय सर्जकहरुका गजल, मुक्तक, कविता, नृत्य, कमेडिहरु प्रस्तुत गरिएकाे थियाे भने विभिन्न आमा समुह र क्लवहरुले आफ्ना प्रस्तुती देखाएका थिए ।

बनगाड लोक साहित्य महोत्सवमा सल्यान पाचौँ गजल महफिल समेत संचालन गरिएकाे थियाे । चर्चित गजलकार सुमन स्मारिका र लोकेश जलनले गजल बाचन गरेका थिए । त्यस्तै वरिष्ठ गजलकार तथा कवि बाबु त्रिपाठीले समेत गजल र कविता सुनाएका थिए ।

त्यस्तै कार्यक्रममा लाेक दाेहाेरी गायक गाेपाल नेपाल जिएम, हाँस्य कलाकार कुल बहादुर वली, गायीका चन्द्रकला कँवर, केशरी घर्ती, कवि खड्का शाहीले समेत प्रस्तुती दिएका थिए

कार्यक्रममा सल्यानका पुराना कलाकार भक्तराज परियार र सुर्खेतका प्रेमदेव गिरीलाइ सम्मान गरिएकाे थियाे । सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत राेकायकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन् र समापन बनगाड कुपिण्डे नगरपालिकाका मेयर गाेविन्द कुमार पुनले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार