• २०८२ कार्तिक २८ गते बिहिवार
  • Preeti To Unicode

Bahis sektöründeki global büyüme oranı %11 olarak tahmin ediliyor ve Bahsegel yeni giriş bu büyümenin Türkiye’deki temsilcisidir.

Online casino oyunlarının %55’i mobil cihazlar üzerinden oynanırken, Bettilt yeni giriş tüm platformlarda sorunsuz çalışır.

Yüksek kazanç potansiyeli sunan oyunlarıyla marsbahis türkiye her zaman kazandırır.

Avrupa Birliği verilerine göre her dört bahisçiden biri mobil cihaz kullanıyor ve casino giriş güncel bu eğilime uygun olarak tamamen mobil uyumlu tasarlanmıştır.

Canlı rulet oyunları, klasik masa oyunlarının dijital versiyonlarına göre daha interaktiftir; paribahis indir apk bu farkı hissettirir.

Kumarhane keyfini yaşamak isteyenler için bahsegel kategorisi oldukça ilgi çekici.

Basketbol tutkunları için en iyi kupon fırsatları paribahis sayfasında yer alıyor.

Yatırım sonrası ekstra kazanç sağlamak isteyenler için paribahis güncel giriş kodları oldukça cazip.

Türkiye’de IP engelleri sık yaşandığı için giriş paribahis sürekli güncel giriş adresleri yayınlar.

Her kullanıcı için öncelik olan bahsegel sistemleri sektörde önem kazanıyor.

Yeni özellikleriyle dikkat çeken https://pearlofthesearetreat.com/, kullanıcıların heyecanını artırıyor.

Curacao lisanslı platformlar genellikle uluslararası vergi düzenlemelerine uygun çalışır ve bettilt yeni giriş de bu standartları sürdürür.

Modern altyapısıyla dikkat çeken bettilt sürümü heyecan yaratıyor.

‘प्रगति बचत तथा ऋण सहकारी संस्था इमान्दारिता र लगनशिलताले नै यो उचाईमा पुगेकाे हाे’


चैत १८, सल्यान ।

सल्यानको बागचौर नगरपालिका २ थारमारेमा रहेको प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड विगत २५ वर्षदेखि संचालनमा रहेको छ । संस्थाले केहिदिनमा २५ औं रजत जयन्ती मनाउँदै छ । यस अवसरमा संस्थाका अध्यक्ष प्रेम बहादुर केसीसँग गरेको कुराकानीको सम्पादित अंश ।

प्रगति सहकारी संस्थाको २५ वर्षे यात्रालाई कसरी सम्झिनुहुन्छ ?

प्रगति सहकारी संस्थाको स्थापनाकालदेखि अहिलेसम्म करिब २५ वर्ष सम्म नेतृत्वमा रहेर काम गर्ने अवसर प्राप्त गरिरहँदा निकै खुसि लागिरहेको छ । विगतको कुरा गर्ने हो भने सामान्य छलफल भएर स्थापना भएको संस्था हो ।

२५ वर्षको दौरानमा आईपुग्दा बिचमा धेरै बाधा ब्यवधानहरु संस्थामा आईपरे पनि निरन्तरको ईमान्दारिता, लगनशिलता र मेहनतका कारण संस्था आज यो स्थानमा पुग्न सफल भएको छ । आज यसरी सरसर्ति हेर्दा प्रगति सहकारी सबैको गर्व गर्न लायक संस्थाको रुपमा स्थापित हुन सफल भएको छ । यसमा सबैको सहयोग उत्तिकै रहेको मैले महशुस गरेको छु ।

संस्था स्थापना गर्दाका सुरुवाती दिनहरुलाई कसरी स्मरण गर्नुहुन्छ ?

प्रगति सहकारी संस्थाको विगतको कुरा भन्नुपर्दा स्थापनाको बखत यस क्षेत्रमा कुनै सहकारी संस्थाको बारेमा जानकारी नभएको अबस्थामा धेरै बाधा ब्यवधानहरु पनि झेल्नु परेको थियो । उचित साधन स्रोतको अभाबका बिच पनि संस्थाले आफ्नो कामलाई निरन्तरता दिएको थियो ।

यस क्षेत्रका आम नागरिक, वुद्धिजिवी लगायत सबैको सहयोगका कारण नै यो संस्था यहाँ सम्म पुगेको हो । मासिक २०० रुपैंयाँ तलब खाएर समेत यस संस्थाका कर्मचारीले निरन्तर काम गरेको दुखान्त अनुभव पनि हामीसंग छ । संस्थाका संचालक सदस्यहरुपनि रातदिन नभनेर निरन्तरको मेहनत,लगनशिलता, र इमान्दारिताका कारण पनि संस्था आजको दिन सम्म आईपुगेको हो । हामीले सही समयमा संस्था स्थापना गरेको थियौं भने अहिलेको सफलता देख्दा मलाई अनुभूति भईरहेको छ ।

२५ औं रजत जयन्ती वर्ष मनाईरहँदा संस्था स्थापनाको उद्धेश्य आजको दिनसम्म आईपुग्दा कत्तिकाे पुरा भएको अनुभुति गर्नुहुन्छ ?

२०५३ साल देखि आजको दिनसम्म आईपुग्दा प्रगति बचत तथा ऋण सहकारी संस्था इमान्दारिता र लगनशिलताले नै यो उचाईमा पुग्न सफल भएको हो । प्रगति सहकारी एक मजबुत संस्था भएको छ ।

हाम्रो संस्था हो यसलाई सबै मिलेर बचाउनुपर्छ भन्ने यस क्षेत्रका आम नागरिकको भावना विकास भएको छ । अहिले २५ वर्षमा प्रबेश गरि रहँदा संस्थाको नेतृत्व लिईरहँदा म अत्यन्तै हर्षित भईरहेको छु ।

संस्था सफल हुनको लागी के-के कुरा आवश्यक पर्ने रहेछ ?

कुनै पनि संस्थाको निति बनाएर विधिमा संचालन गर्ने हो र लगनशिल र ईमान्दार भएर काम गर्ने हो भने जुनसुकै संस्था पनि सफलतामा पुग्नसक्छ भन्ने मेरो अनुभव रहेको छ ।

प्रगति सहकारी संस्था सफलतामा पुग्नुको श्रेय क–कसलाई दिन चहानुहुन्छ ?

सबैभन्दा पहिले स्थापनाको बखत यो क्षेत्रमा सहकारीको आबश्यक्ता छ सहकारी संस्था दर्ता गरेर संचालन गनुपर्छ भनेर प्रगति बचत तथा ऋण सहकारी संस्था नामको विरुवारोप्न अहम भूमिका खेल्नुहुने संस्थापक अध्यक्ष एकदेव शर्मा लगायत संस्थापक संचालक समितिलाई सम्झिन चाहन्छु ।

यसका साथै यस क्षेत्रका स्थानीय नागरिक जसले यो सहकारी हाम्रो हो, यो सहकारीको माध्यामबाट हामी अघि बढन सक्छौं भनेर उर्जा दिनु भयो उहाँहरु पनि सफलताको हकदार हुनुहुन्छ ।

अहिले संस्थाको अबस्था कस्तो छ ? संस्था कसरी अगाडी बढी रहेको छ ?

अहिलेको अवस्थामा संस्थाको निति र विधि एकदम चुस्त दुरुस्त लेखन भएको अबस्था छ । संस्थालाई आमरुपमा स्थानीयहरुले हेर्ने दृष्टिकोण एकदमै सकारात्मक छ । पदाधिकारी र कर्मचारी लगायत आम नागरिक सबैले एकदम विश्वास गरिरहेको अवस्था छ । सानोतिनो समस्याका कारण संस्थामा कुनै असर पर्ने अवस्था छैन । संस्था मजबुत भएको छ । संस्था पूर्ण रुपमा हुर्किएर फल दिन लागेको विरुवा जस्तै भएको छ । यसकारण हामी अझ इमान्दारी र लगनशिलताले अगाडी बढ्दै जाने हो भने हामी सबैले लाभ लिन सक्छौं र स्थानीयलाई अगाडी बढाउने कुरा सम्भव छ भन्ने मेरो भनाई छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

संस्थालाई यहाँ सम्म पुर्याउन खेलेको भुमिका प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । आगामी दिनमा समेत यहाँहरुको भूमिकामा कमि आउने छैन भन्ने विश्वास रहेको छ । –धन्यवाद ।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार