• २०८१ कार्तिक २१ गते बुधवार
  • Preeti To Unicode

डिभाईन टेम्पलले मनायो २०९औं भानु जयन्ती


असार ३०, दाङ ।२०९औ भानु जयन्ती तथा गुरु पुर्णिामाको अवसरमा डिभाईन टेम्पल एकेडमीमा छन्दोवद्द कविता बाचन प्रतियोगिता सम्पन्न   भएको छ। साहित्य तर्फ विद्यार्थीहरु रुचि बढोस् भन्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा कक्षा ९ का छात्रा अनुष्का अधिकारी प्रथम, कक्षा ९ कै छात्रा जेनिसा बुढाथोकी दोस्रो, कक्षा ८ का छात्रा सची शाह तेस्रो एवम् कक्षा ७ का छात्राहरु सुस्मिता भण्डारी र अन्जु बोहरा हौसला स्थान बिजेता भएका थिए। बिजेता विद्यार्थीहरुलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो। एकेडेमीका सस्थापक भोजराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम अग्रज साहित्यकार दीपक कुमार आचार्य र गजल अभियान दाङका संयोजक प्रवल बिस्टले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो। कार्यक्रममा अग्रज साहित्यकार दीपक कुमार आचार्यले छन्दबद्दो कविता र प्रवल बिस्टले गजल रचना बाचन समेत गर्नु भएको थियो। उहाँहरु दुबै जनालाई साहित्यमा कलम चलाएको भन्दै एकेडमीले सम्मान पत्रले सम्मान गरेको छ। एकेडमीका शिक्षक फल्कुदत्त लामिछानेको स्वागत मन्तव्यबाट शुरु भएको कविता प्रतियोगिता कार्यक्रम एकेडेमीका प्राचार्य कुलानन्द अधिकारीले संचालन गर्नु भएको थियो।
औपचारिक कार्यक्रम पछि विद्यार्थीहरुले गुरु पुर्णिामा विशेष कार्यक्रम संचालन गरेका थिए। केही विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने केही विद्यार्थीले कविता, चुटकिला, नाटकहरु प्रस्तुत गरेका थिए। विद्यार्थीहरुले पुरुष शिक्षकहरुको लागि स्लो बाइक रेस प्रतियोगिता र महिला शिक्षकहरुको लागि कुर्सी दौड प्रतियोगिता समेत आयोजना गरेका थिए जसमा क्रमशः शिक्षक महेश लामिछाने र शिक्षक गायत्रा गौतम बिजेता भन्नू भएको थियो। विद्यार्थीहरुले उहाँहरुलाई पुरस्कार समेत प्रदान गरेका थिए। गुरु पुर्णिामा विशेष कार्यक्रम विद्यार्थी सुलभ रावत र युवराज केसिले संचालक गरेका थिए।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार