• २०८१ फाल्गुन ६ गते मङ्गलवार
  • Preeti To Unicode

रवि लामिछानेले फाइनल गरे आफ्नो उम्मेदवारी दिने क्षेत्र


असाेज २३, काठमाडौैं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने निश्चित भएको छ ।

चुनावको मनोनयन दर्ता गर्ने दिनमा उनले आफ्नो उम्मेदवारी फाइनल गरेका हुन् ।

रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन् । काठमाडौंका २ र ३ तथा चितवनका २ र ३ लाई विचाराधीन राखेका उनले अन्तिममा क्षेत्र नम्बर २ रोजेका छन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट उठ्ने तयारी थियो ।

रविले प्रचण्डलाई चुनौति दिँदै उनकै क्षेत्रबाट लड्ने मनस्थिति बनाएका थिए । तर, प्रचण्डले चितवनबाट हात झिकेर गोर्खा पुगेका छन् । रवि भने चितवनमै अडिएका हुन् ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार