• २०८१ फाल्गुन ६ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा छैटाैं पटक चुनाव लड्दै ज्वाला र शाह


खकेन्द्र केसी

असाेज २७, सल्यान ।

सल्यान प्रतिनिधिसभाकाे निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार प्रकाश ज्वाला र कांग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार राजेन्द्र बहादुर शाहकाे प्रतिस्पर्धालाई राेचक रुपमा लिइएकाे छ ।

दुवै नेता यसअघि पाँच पटक चुनाव लडिसकेका छन् भने यसपालि छैटाैं पटक निर्वाचन लड्दैछन् । ज्वाला र शाह तेस्राेपटक एकअर्का बिच प्रतिस्पर्धा गर्दैछन् भने तिनपटक अरुसँग चुनाव लडिसकेका छन् । दुवै नेता सल्यानकाे राजनीतिकाे चतुर र कुटिल खेलाडीका रुपमा चिनिन्छन् ।

ज्वालाः तीनपटक जिते, दुईपटक हारे

एकीकृत समाजवादीका उपमहासचिव रहेकाे प्रकाश ज्वाला सल्यान कम्युनिस्टका संस्थापक मानिन्छन् । बहुदलपछि २०४८ काे संसदीय निर्वाचनमा नेकपा एमालेबाट चुनाव लड्न खाेजेका ज्वाला त्यसबेला उमेर नपुगेर उम्मेदवार हुन सकेनन् । २०५१ काे आम निर्वाचनमा भने उनि पहिलाेपटक तत्कालिन सल्यान क्षेत्र नं. १ बाट चुनाव लडे । त्यसबेला कांग्रेसका राजेन्द्र बहादुर शाहले ज्वालालाई चुनवमा हराएर । ज्वाला र शाह बिच पहिलाेपटक २०५१ मा प्रतिस्पर्धा भएकाे थियाे ।

२०५६ काे निर्वाचनमा पनि ज्वाला र शाह बिच तत्कालिन सल्यान क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धा भयाे । शाहलाई हराउँदै ज्वालाले ३१ वर्षकाे उमेरमा पहिलाेपटक प्रतिनिधिसभाकाे निर्वाचन जिते ।

२०६४ काे संविधानसभाकाे निर्वाचनमा पनि ज्वाला तत्कालिन सल्यान क्षेत्र नं. १ का चुनाव लडे । त्यसबेला भने माओवादीका टेक बहादुर बस्नेतसँग ज्वालाले चुनाव हारे । ज्वालाले चुनाव हारेपनि झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनकाे सल्लाहाकार भएर काम गर्ने अवसर भने पाए ।

२०७० काे संविधानसभाकाे निर्वाचनमा भने ज्वालाले तत्कालिन सल्यान क्षेत्र नं. १ छाेडेर क्षेत्र नं. २ बाट चुनाव लडे । २०७० मा माओवादीका भिम प्रकाश शर्मालाइ पराजित गर्दै ज्वालाले दाेस्राेपटक चुनाव जिते । २०७४ मा पनि प्रदेश सभा (ख) बाट चुनाव लडेर ज्वालाले तेस्राेपटक निर्वाचित भए । २०७४ मा भने कर्णाली प्रदेश सरकारकाे अर्थ मन्त्री समेत बने ।

एमालेमै हुँदा उनले कर्णालीमा फ्राेलाेरक्रस गरेर माओवादीकाे सरकार जाेगाएका थिए । एमाले विभाजनपछि बनेकाे एकीकृत समाजवादीकाे उपमहासचिव बनेका ज्वाला अहिले सत्ता गठबन्धनकाे तर्फबाट सल्यान प्रतिनिधिसभाकाे उम्मेदवार छन् ।

 शाहः दुईपटक जिते, तीनपटक हारे

कांग्रेसबाट राजिनामा दिएर सल्यान प्रतिनिधिसभाकाे स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र बहादुर शाह राजनीतिकाे कुटिल खेलाडीकाे रूपमा चिनिन्छन् । सल्यान प्रतिनिधिसभामा गठबन्धनबाट कांग्रेसलाइ सिट नपरेपछि शाहले विद्राेह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

शाह याे पटक छैटाैं पटक चुनाव लड्दैछन् । शाह २०४३ सालकाे राष्ट्रिय पंचायत सदस्यकाे निर्वाचनमा शिक्षकबाट राजिनामा दिएर मरिचमान सिंहसँग चुनाव लडेका थिए । तर त्यसबेला मरिचमानसँग पराजित हुन पुगे ।

दाेस्राेपटक निर्वाचन लडेका उनि २०४८ काे निर्वाचनमा भने तत्कालिन सल्यान क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा विजयी बने । २०५१ मा पनि प्रकाश ज्वालालाइ हराउँदै सांसद बनेका शाह २०५४ मा शिक्षा राज्यमन्त्री बने ।

त्यसपछि दुवै संविधानसभाकाे निर्वाचनमा भाग नलिएका शाहले ०७४ मा प्रतिनिधिसभाकाे निर्वाचनमा कांग्रेसबाट चुनाव लडे । ०७४ मा टेक बहादुर बस्नेतसँग शाहले चुनाव हारे । याे पटक गठबन्धनमा कांग्रेसले पाउनुपर्छ भन्दै माग गरेका शाहले कांग्रेसकाे भाग नपरेपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएकाे बताउँछन् ।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार