• २०८१ फाल्गुन ६ गते मङ्गलवार
  • Preeti To Unicode

राप्रपा क्षेत्र न.३ को उत्साहाजनक घरदैलो कार्यक्रम


Author Logo..
तेज वली

दाङ, १९-कात्तिक/ आज राप्रपा दाङ्ग क्षेत्र न ३ क को घरदैलो कार्यक्रम ०५ न वडामा सम्पन्न भएको छ। क्षेत्र न ३ क मा ग्रामीण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र निवर्तमान मेयर घनश्याम पाण्डेका प्रतिद्वन्दी हंसराज केसी को रोचक भिडन्त भएको यश क्षेत्रमा एकाएक हंसराज केसीको पक्षमा माहोल बन्दै गैरहेको पुष्टि आज देखिएको भिडले देखाउछ। आज भएको घरदैलोमा के युवा के वृद्ध सबैको क्रेज उल्लखीय मात्रामा भएको जनलहरले देखाएको छ।

उक्त घरदैलो पछी भएको कोण सभामा प्रदेश उम्मेदवार हंसराज केसीले ठुला पार्टी बाट टिकट किनेका दलाल,आईएनजिओका मालिक,घुसखोर,भ्रष्टहरुलाई यो पटकको निर्वाचनमा धुलो चटाउने र ठुला पार्टीमा रहेका त्याग तपश्या र बलिदान गरेका सिद्धान्तमा बिचलित नहुने इमानदार र निष्टावान नेताकार्यकर्ताहरुको न्याय र समग्र जनताको समस्या लाई अनवरतरुपमा लाग्ने युवा उम्मेदवार लाई चुन्नेमा बिश्वत रहेको बताउनु भयो।

घरदैलो पछी भएको कोणसभामा प्रतिनिधि सभाका उम्मेदवार ओजबहादुर खड्काले पनि सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमको संचालन लुम्बिनी प्रदेश सहसचिव दिपक धितालले गर्नुभएको थियो।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार