• २०८१ फाल्गुन ६ गते मङ्गलवार
  • Preeti To Unicode

नेपालगन्ज सिमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकजाँचमा कडाई


Author Logo..
सागर थापा / महेन्द्र सिंह
बाँके। ईलाका प्रहरी कार्यालय जमुनाह र सशस्त्र प्रहरी बल बियोपी जमुनाह नेपालगन्जले नेपाल भारत सिमामा निगरानी बढाएको छ । देशको राजनीतिक परिस्थितिका कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जमुना नाकामा कडा चेकजाँच र निगारानी बढाएको हो ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख वरिष्ठ सइ मधाब रिजालले चेकजाँचमा कडाई र शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरी अहोरात्र खटिएको बताए । बेला बेलामा तालिम प्राप्त प्रहरीको कुकुरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुत्त चेकजाँच गर्ने गरेको हातहतियार तथा लागूऔषध नियन्त्रणका लागि प्रहरी अहोरात्र खटिएको । पछिल्लो समय देशको राजनीतिक अबस्था घटनाले हातहतियारको ओसारपसार हुने सक्ने भन्दै यसलाई निस्तेज पार्न नाकामा तीब्र कडाइ गरिएको छ ।
नेपाल भारतको बाँके खण्ड ७९ किलोमीटर खुला सिमा रहेकाले त्यसै अनुसार सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गरिएको र दुई देशबीच खुला सिमाको फाइदा उठाउदै अपराधीहरुले अपराध गर्न सक्ने भएकाले दुबै देशका सुरक्षाकर्मिहरु मिलेर त्यसलाई निरुत्साहित पार्ने काम भैरहेको पनि बताउनुभयो । बाँकेमा खुला सिमानाका कारण लागूऔषधको कारोबार तथा ओसारपसार रोकन प्रहरीलाई चुनौतीपुर्ण रहेको जमुनाह प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार