• २०८१ चैत्र १२ गते बुधवार
  • Preeti To Unicode

‘गंगा सागर’ टेलिसिरियल सार्वजानिक


जेठ १५, काठमाडौं ।

कलाकार पुर्णचन्द्र केसीले आफ्नो जन्मदिनको अवसर पारेर टेलिसिरियल ‘गंगा सागर’ सार्वजनिक गरेका छन् ।

शोमबारबाट हरेक १५ दिनमा सो टेलिसिरीयल हेर्नसकिने कलाकार केसीले जनाएका छन् । गंगा सागर एचपि क्रियसन युटुव च्यानलबाट हेर्न सकिने छ । चर्चित कलाकार हेमन्त शिसिर र पुर्णचन्द्र केसीको लेखन, निर्देशन एवं उत्पादन रहेको सो टेलिसिरियलले सामाजिक बिषय बस्तुको उठान गर्नेछ ।

गंगासागरले समाजमा रहेका बिकृति र बिसंगतीको अन्त्य गर्दै समाज रुपान्तरणमा महत्वपुर्ण योगदान दिने बिश्वास गरिएको छ । यसै गरी सो टेलिसिरियलमा रमा थपलिया, कौशिला कार्की, यामु केसी लगाएत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार