असार २१, सल्यान ।
सल्यानमा बसमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका डलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा बिहीबार बिहान करिब १० बजेतिर कपुरकोट गाउँपालिकाको चोरखोलामा करेन्ट लागेको हो ।
बसमा करेन्ट लागेर रोल्पा गंगादेव ४ का अन्दाजी ७२ वर्षीय कालुराम डाँगी र उनका छोरा अन्दाजी ३५ वर्षका टोपीलाल डाँगीको मृत्युु भएको छ ।
त्यस्तै बसका साहु सल्यान लान्तीका महेन्द्र ओली गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
बिजुलीको पोलको सपोर्ङिको लागि जमिनमा गाडिएको सपोर्टिङ तार पहिरोले चुडिएर सडकमा लत्रिएको र त्यसबाट करेन्ट प्रवाह भई गाडीमा करेन्ट लागेको बुझिएको छ ।