नेपालको संविधान २०७२ घोषणा भएपछि संविधानको मर्म अनुसार भएको स्थानिय चुनाब २०७४ यता देखि हामी सल्यान जिल्ला बासीहरु सल्यानी भन्दा पनि १० स्थानीय तहको स्थानिय पहिचानको अभ्यासमा छौं। जसकाे कारण जिल्लाको समग्र गौरब र इतिहास छाँयामा पर्दै गएको कुरा सबैमा महसुस भएको छ ।
हाम्रो अगाडी भाबी पुस्ता र अहिलेको पुस्तामा सल्यानको बिगत बर्तमान र भबिष्य प्रति अनुदार हुनु हामी जिल्ला प्रति चासो र चिन्ता गर्ने बुद्दिजिबिको लागी चुनौतीपूर्ण हुँदै गएको छ। जिल्लाको पुरानो गौरव बचाउन र नेपालको संविधान २०७२ ले परिकल्पना गरेको एउटा मर्म अनुसार काम गर्न सम्पूर्ण जिल्लाबासी जिम्मेवार ब्यक्तिमा म एक कर्मठ शिक्षक एउटा साझा काम गर्न विनम्र अनुरोध गर्द्छु।
बर्तमान संविधानले परिकल्पना गरेको १-८ कक्षासम्माको स्थानिय पाठ्यक्रम विभिन्न स्थानीय तहले प्रयोगमा ल्याएको कुरा सबैमा जानकारी छ। पाठ्यक्रमले परिकल्पना गरे जस्तो र सृजनात्मक प्रयोग र तथ्य सहितको बिषयबस्तु समावेश नभएको गुनासो पनि सबै सम्बन्धितमा जानकारी भएकै कुरा हो । पाठ्यक्रम र पाठ्यसामग्री जस्तो बौद्धिक कर्म जस्तो कुरा हचुवाको भरमा निर्मान गर्नु र विद्यार्थीमा गलत सन्देस प्रबाह गर्नु उचित कर्म होइन।
यसकाे वास्तविकता, विद्यार्थीमा एकरुपता र विषयमा प्रभावकारिता जस्ता कुरालाइ समेट्न जिल्लाका प्रत्येक १० स्थानीय शैक्षिक सम्मेलनको आवश्यकता छ। उक्त शैक्षिक सम्मेलनमा हामी सँग उपलब्ध इतिहास र संस्कृतिका जानकार, भुगोल र वातावरणको जानकार, स्थानीय उत्पादन सँग सम्बन्धित किसान आदिलाई समावेश गरेर प्रत्येक स्थानिय तहमा शैक्षिक सम्मेलन गरौं र शैक्षिक सम्मेलनको मर्म अनुसार बिषयलाई समाबेस गरेर १- ५ कक्षा सम्माको पाठ्यपुस्तक निर्मान गरौं।
१० स्थानिय तहको पाठ्यपुस्तक निर्माणपछि समग्र सल्यान जिल्लाको जिल्ला स्तरमा शैक्षिक सम्मेलन गरेर जिल्लाको समग्र गौरव, सामाजिक अवस्था, जिल्लाको संस्कृति, पर्यटन, उत्पादन समावेश गरेर जिल्लाको एउटा पाठ्यपुस्तक तयार गरौं। जिल्ला शिक्षा समितिले उक्त पुस्तकलाइ नितिगत निर्णय गरेर ६-८ कक्षासम्मा लागु हुने बनाउँ । यस साझा कर्मको लागी जिल्ला शिक्षा समन्वय सल्यान, सल्यानका १० स्थानिय पालिका, जिल्लाका बुद्दिजिबी, संचार माध्यम सबैमा पुनः अनुरोध गर्दछु।
(लेखक डाँगी जनकल्याण माध्यामिक विद्यालय थारमारेका शिक्षक हुन् ।)