• २०८१ माघ १० गते बिहिवार
  • Preeti To Unicode

कर्णाली प्रदेशमा सबैभन्दा बढी बालविवाह सल्यानमा


पुस १७, सल्यान ।

कर्णाली प्रदेशका १० जिल्ला मध्ये सल्यानमा सबैभन्दा धेरै बालविवाह हुने गरेको पाइएको छ । बालविवाह विरुद्धको साझा अभियान संजाल सल्यानद्धारा खलंगामा साेमबार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ अनुसार सल्यानमा ७५.७६ बालविवाहकाे दर रहेकाे जानकारी गराइएकाे हाे ।

कार्यक्रममा बालविवाह विरुद्धको साझा अभियान संजाल सल्यानका संयोजक निम बहादुर नेपालीले सन् २०२३ मा जिल्लामा यस सञ्जालले सञ्चालन गरेको गतिविधिका बारेमा जानकारी दिएका थिए । अहिले जिल्लाका सबै पालिकाले बालविवाह न्युनिकरण अभियान सञ्चालन गर्दै आएको र कपुरकोट गाउँपालिका, शारदा नगरपालिका र त्रिबेणी गाउँपालिकाले बिशेष प्राथामिकताका साथ अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

बालविवाह न्युनिकरणका लागि सबैको प्रयास आवश्यक रहेको कार्यक्रमका सहभागिहरुले बताएका छन् । पछिल्लो समय खुलेरै बालविवाह नहुने गरेको भएपनि समाजमा कहीकतै बालविवाह हुनसक्ने भएकाले बालविवाहलाई रोक्न सबैको प्रयास आवश्यक रहेको उनीहरुले बताएका हुन् ।

यसैविच बालविवाह न्युनीकरण गर्न भन्दै पत्रकार तथा अधिकारकर्मीहरुले सबै पालिकालाई ध्यानाआकर्षण गराएका छन । एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले समाजमा व्याप्त रहेको बालविवाहलाई न्युनिकरण गर्दै सभ्य र स्वावलम्बि नागरिक उत्पादन गरि सृजनशिल समाज रुपान्तरणका लागि बालविवाह अन्त्य गर्न अपिल गरेका हुन् ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार