• २०८१ माघ १० गते बिहिवार
  • Preeti To Unicode

शारदा नगरपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्डको उद्घाटन


पुस १८, सल्यान ।

सल्यानको शारदा नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबार देखि सुरु भएकाे रनिङ शिल्डको उद्घाटन कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बाेल्दै मन्त्री सिंहले सल्यान जिल्ला खेलमात्रै नभएर अन्य क्षेत्रको लागि पनि सम्भावना बोकेको जिल्ला भएको बताए । उनले शिक्षासँगै खेलकुदको बिकास अपरिहार्य रहेको बताए । राज्यले पनि शिक्षासँगै खेलकूद क्षेत्रमा लगानी बढाउदै गएकाले शिक्षा र खेलक्षेत्रको विकास सँगसँगै हुनुपर्ने उनकाे भनाए थियाे ।

मन्त्री सिंहले सल्यान जिल्ला खेलक्षेत्रको लागि राम्रो सम्भावना बोकेको जिल्ला भएको र राज्यले नै खेलक्षेत्रमा विकासका अन्य पुर्वाधार संगै लगानी गरेको बताए । उनले शारदा नगरपालिका सल्यान जिल्लाको सदरमुकामको पालिका रहेको र नगरप्रमुख प्रकाश भण्डारीले जिल्ला स्तरिय रंगशालाको आवश्यकता रहेको कुरा आफु संग राखेकाले रंगशाला निर्माणको लागि आफ्नो भूमीका रहने बताए ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य लक्ष्मी सुनारले खेलकुद प्रतियोगिताको महत्त्वपूर्ण खेलाडी र खेलप्रेमी जनताको लागि छुट्टै प्रकारको हुने बताइन् । कार्यक्रमको बिशिस्ट अतिथि समेत रहेकी सुनारले शारदा नगरपालिकाले खेलक्षेत्रमा छुटै किसिमको पहिचान गराउदै आएको बताउदै आगामी दिनमा प्रगतिको कामना समेत गरिन् ।

शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले संस्कार र अनुशासनको दायरामा रहेर खेल खेल्न र खेल संचालन गर्न निर्देशन दिए । नगरपालिकाले शिक्षा, स्वास्थ्य लाई झै खेलकुदलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम, राष्ट्रिय भूमि आयोग सल्यानका अध्यक्ष बीरबहादुर सेजवालपत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरीता चलाउने लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, सिद्धीबक्स गण सिमखर्कका गणपति कृष्ण चन्द्र ठकुन्ना, जिल्ला प्रहरी कार्यालयका प्रमुख नविन कार्की, शसस्त्र प्रहरी नायव उपरिक्षक सुशिल श्रेष्ठ, राष्ट्रिय अनुशन्धानका प्रमुख सन्जिव चौधरी, भूमी आयोग सल्यानका अध्यक्ष बिर बहादुर सेजवाल वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरु लगायत खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।

बिहिवार सम्म संचालन हुने कार्यक्रममा नगरका एक दर्जन बढी माध्यमिक बिधालयहरुको सहभागीता रहेको छ  । शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षता,
नगर उप प्रमुख सुस्मिता सापकोटाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले संचालन गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार