• २०८१ माघ १० गते बिहिवार
  • Preeti To Unicode

नेकपा माओवादी केन्द्र सल्यानको रुपान्तरण अभियान कुपिण्डेमा समिक्षा गरेर समापन


पुस १८, सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) सल्यानले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा तथा समापन गरेको छ ।

नेपालको १०० पर्यटकिय गन्तब्यमा सुचिकृत भएको कुपिण्डे ताल परिसरमा मंगलबार भएको उक्त कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कार्यवाहक इन्चार्ज काली बहादुर मल्लले सल्यानको रुपान्तरण अभियान कर्णाली प्रदेशमा सवै भन्दा उत्कृष्ट भएको बताए । उनले सल्यानको रुपान्तरण अभियान जनतामुखी,सृजनशिलतामुखी भएको बताए ।

पार्टीका स्थायी समिति सदस्य समेत रहनु भएका मल्लले पार्टी लाई गतिशील र जनताको पक्षमा काम गर्ने अभियानको सुरुवात गरिएको र अब यस्लाई निरन्तरता दिन सल्यानका माओवादी नेता कार्यकर्ता लाई आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मल्लले कुशल नेतृत्वको अभाव सल्यान जिल्लामा कहिले पनि पर्न नदिनको लागि तत्पर रहन निर्देशन दिए ।

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र सल्यानका जिल्ला इन्चार्ज नरेश भण्डारीले लाल झण्डा र लाल चावी जिल्ला पार्टी लाई हस्तान्तरण गर्दै शहिदको रगतले निर्मित हसिया हतौडा अंकित झण्डा कहिले पनि झुक्न नदिन र पार्टीको चावी कहिले पनि हराउन नदिन निर्देशन दिए । उनले शहिदको रगतले ल्यायको व्यवस्थामै हराउने खतरा देखिएकाले,अब पार्टी निर्माणको अभियानमा लाग्न सवैलाई आग्रह गरे ।

पार्टीका केन्द्रिय सदस्य तथा सरकारका पुर्व मन्त्री समेत रहेका भण्डारीले पार्टी लाई कम्जोर बनाउने सबै भन्दा ठूलो रोग पार्टी भित्रको आन्तरिक गुड भएकाले अब गुड नवनाउन समेत अनुरोध गरे । सहिद कुनै पनि गुडमा छैनन् उनिहरुका सपना अपुरै र अधुरै छोड्न नहुने बताए । उनले सल्यानी जनता इमानदार भएको घोषणा गर्दै फेरि पनि पार्टीले जिम्मेवारी दिय जस्तोसुकै अवस्था पनि सल्यानमा आयर यहाँको समृद्धिको लागि लागि पर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, केन्द्रिय सदस्य भिम प्रकाश शर्मा, कर्ण बहादुर बुढाथोकी, उमाकान्त शर्मा,दिलमाया बुढा, खडानन्द लामिछाने लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभियान विशेषांक पार्टीको मुखपत्र सल्यान संकल्पको बिमोचन, जिल्ला अभियान टोलीका सदस्यहरुलाई सम्मान, अभियानमा सक्रिय र उत्कृष्ट कार्य सम्पादन गर्नेहरुलाई सम्मान तथा जिल्ला इन्चार्जलगायतका अभियान्तालाई सम्मान,समसामयिक प्रस्ताब र कुपिण्डे घोषणापत्र सार्वजनिक गरिएको थियो ।

पार्टीका जिल्ला इन्चार्ज नरेश भण्डारीको अध्यक्षता, केन्द्रिय सदस्य कर्ण बहादुर बुढाथोकी (छहारीको) स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला संयोजक कृति बहादुर पुन (प्रकाण्ड) ले गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार