• २०८१ बैशाख ९ गते आइतवार
  • Preeti To Unicode

नेपालकाे पहिलाे विद्यार्थी आन्दोलन- जयतु संस्कृतम्‌


राजेश वली

राजेश वली

जयतु संस्कृतम्‌ एक परिवर्तनकारी आन्दोलनका रुपमा परिचित आन्दोलन हो । यो मुलतः राणाहरुको जाहानिया प्रवृत्ति र जनदमनको विरुद्ध सल्किएको प्रजातान्त्रिक व्यवस्थाका निमित्त केन्द्रित प्रथम विद्यार्थी आन्दोलनका रुपमा परिचित छ। राणाहरुको स्वेच्छाचारी प्रवृत्ति, मनोगत निर्णय, जनताप्रति दासगत धारणा, शिक्षालाई नीजित्वमा निहित राख्ने मनसायका कारण उत्सर्जित विद्रोहको स्वरुप हो जयतु संस्कृतम्‌ आन्दोलन । विक्रम सम्बत्‌ २००४ सालमा तीन धारा स्थित संस्कृत पाठशालामा अध्ययनरत विद्यार्थीहरुले शुरु गरेको आन्दोलन नै नेपाली राजनीतिकको इतिहासमा पहिलो आन्दोलन हो ।

यो विद्यार्थी आन्दोलनलाई जयतु संस्कृतम्‌ आन्दोलन २००४ ले चिनिन्छ। नेपालका विभिनन ग्रामीण भू-भागबाट काठमाडौं आइपुगेका विद्यार्थीहरुको यो आन्दोलनलाई सुरुवात गर्ने जमर्काे गरेका थिए। खासगरी तीन धारा स्थित पाठशालामा अध्ययनरत विद्यार्थीहरु करिब-करिब ४०/५० जना जति थिए। शान्तिपूर्ण आन्दोलन पनि राणाहरुलाइ अपच हुने गर्दथ्यो । तत्स्वरुप आफ्ना कुराहरु जनताका बीचमा राख्दै गर्दा पटक/पटक गरि देश निकाला हुनु परेको थियो ।

विद्यार्थीहरु पढ़दै गर्दा करिब १८/२० वर्षका कलिला उमेर समूहका थिए । पटक/पटक देश निकाला गर्दा बनारससम्म पुग्दा पाएका दुःखहरु पार गरि उच्च शिक्षासम्म आफ्नो अध्ययनलाई फराकिलो बनाउन पुगेका थिए ।

खासगरी यो आन्दोलनको सुरुवात पाठशालामा संस्कृत बाहेक अरु भाषा पनि पढाई हुनुपर्छ भनेर एक महिने अल्टिमेटम दिएर मिति २००४ साल असार १ गते आन्दोलनको घोषणा भएको थियो। साथसाथै संस्कृतम्‌ महाविद्यालयको स्थापना गरि सबै तहका परीक्षाहरु नेपालमै हुनुपर्छ भन्‍ने माग पनि राखेको पाइन्छ ।

संस्कृतम्‌ शिक्षालय तत्कालीन राजनीतिक, सामाजिक, परिस्थिति अनुरुप परिवर्तन गर्नुपर्ने, आधुनिक विषयहरु नागरिक शास्त्र, भूगोल, इतिहास, अर्थशास्त्र, समाज शात्त्र, अंग्रेजी जस्ता धेरै विषयहरु अध्ययन हुनुपर्छ भन्‍ने मागहरु थिए । यी मागहरु पुरा गराउन पाठशालामा आवगमन बन्द गरेको पाइन्छ । त्यसकारण यो आन्दोलनलाई नेपालको इतिहासकै संगठित विद्यार्थी आन्दोलनको रुपमा पनि चिनिन्छ। यो आन्दोलन विभिन्न समयकालका भएतापनि यसले नेपालभित्र मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा पनि फैलिदै गरेको थियो।

यो आन्दोलन गर्दा काठमाडौंबासीहरुको साथ र सहयोग पनि जुटदै गरेको आन्दोलनलाई बलियो बनाउन जनसमर्थन र आर्थिक व्यवस्थापन पनि मजबुत हुँदै गएको रहेछ। तथापी राणा सरकारले आन्दोलनलाई दबाउने नीति लिएर अगाडी बढ़यो । माथि उल्लेख मागहरुको सम्बोधन गर्न रुणा सरकार सकभर सम्भाउने बुभाउने गरेर आन्दोलनका मागहरु पूरा
गर्ने मनस्थितिमा थिएन् ।

त्यसकारण विद्यार्थीहरु छिनभिन्‍न भएका थिए । आन्दोलन केहि सुस्ताएको देखियो । फेरि विद्यार्थीहरु परीक्षाताका संगठित भएर २००४ मंसिर २१ गतेबाट पुनः आन्दोलनकाे सुरुवात गरे । त्यो आन्दोलन अझै सशक्त र कडा प्रकृतिको थियो । २१ गते आन्दोलन सुरु गरेका विद्यार्थीहरुलाई राणा सरकारले २२ गते देश निकाला गर्ने कठोर निर्णय गर्याे ।

आन्दोलनकारी विद्यार्थीहरुलाई राजधानीमा आउन नपाउने, नेपालमा जागिर खाना नपाउने, संस्कृत छात्रावासमा खाना बस्न नपाउने इत्यादि खालका कारवाहीहरु राणा सरकारले तोकेको थियो। २००४ मंसिर २२ गते परीक्षा नै बहिष्कार गरेका विद्यार्थीहरु आन्दोलन नछोडेका कारण करिब ३८ जना विद्यार्थलाई चारपाटा मोडेर राजधानी कटाइएको थियो ।

ती विद्यार्थीलाई देश निकाला गरेपछि कहाँ जाने के गर्ने ठूलो चिन्ता भएको थियो। तर सबै विद्यार्थीहरु बालाजु जम्मा हुने भएपछि त्यहाका सर्वसाधारणले विद्यार्थीहरुलाई खानपिनको व्यवस्था गरेका रहेछन्‌ । तर देश निकाला भएका विद्यार्थीहरु आन्दोलन झनै सशक्त निर्णयका साथ आपनो पढाईलाई पूर्णता दिन त्रिशुली, गोर्खा, स्याङ्जा, पाल्पा, बुटवल, भैरहवा नाका हुँदे भारतकाे सुनौल नाैतुना हुँदै बनारस पुगे । बनारसमा प्रशस्त नेपालीहरु पढ़न गएका थिए।

वी.पी. कोइरालासहित राणा विरोधी आन्दोलनमा कांग्रेसको स्थापना भएको रहेछ। त्यहाँ पढ़न गएका विद्यार्थहरुलाई राणा विरोधी आन्दोलनमा कांग्रेस संग लागेर विरोध गर्ने कि जयन्तु संस्कृतम् आन्दोलनलाई अगाडी बढाउने भन्‍ने  विद्यार्थीहरुमा एकमत हुन सकेन र कसैले कांग्रेससँग मिलेर, कसैले जयन्तु संस्कृतम् बाट राणा सरकारको विरोध गरि राखे तत्स्वरुप विद्यार्थीहरुबाट नै राणा शासनको अन्त्य भएको थियो ।

विद्यार्थीहरुले २००४ सालमा राणा सरकार विरोधी आन्दोलन नचर्काएको भए परिवर्तनका खातिर धेरै समय पर्खुन पर्दथ्याे। जनसमर्थनको निर्माण, राणाहरुका विरुद्ध जनसमुदायलाई विरोध गर्ने सकने सामार्थेकाे निर्माण, राष्ट्र भित्रै आन्दोलनको वातावरण बनेन् । युवा एकता जस्ता कुरामा उक्त आन्दोलन सफल भएको मानिन्छ । राणाहरुको हैकमी प्रवृतिलाई भत्काउने उक्त आन्दोलन प्रथम मार्गदाता मानिन्‍छ ।

आन्दोलनका आन्दोलनकर्ताहरु कुनैपनि व्यक्तिगत लोभ लालच, अन्तरनिहित स्वार्थ थिएन। त्यही निस्वार्थ आन्दोलनले नै राणाहरुको पतनको मियो बन्यो । वास्तवमा जयन्तु संस्कृतम्‌ नामले चिनिने विद्यार्थी आन्दोलन नेपालको राजनीतिक परिवर्तनको समेत मियो बन्यो ।

लेखकः सल्यान बहुमुखि क्याम्पसका स्ववीयू सभापति तथा अनेरास्ववियु सल्यानका पुर्व अध्यक्ष हुन् ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार