पुस २८, सल्यान ।
एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले कृषि तथा पशुपछिं बिमा सम्बन्धि छलफल कार्यक्रम बागचौर नगरपालिका १ गैराबेत सल्यानमा सम्पन्न गरेको छ। एनएलजी इस्न्योरेन्स क.लि. सल्यान शाखा प्रमुख अनुराग बोहरा को अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि बागचौर नगरपालिका वडा न. १ का वडा अध्यक्ष गंगाराम बस्नेत रहेका थिए ।
कार्यक्रममा बिशिस्ट अतिथिमा IME Life insurance सल्यान शाखा प्रमुख भरत रोकाय सहित अथितीहरुमा बहुउदेश्यिय फर्म संचालक साथै स्थानीय शीक्षक कृष्ण बहादुर बस्नेत, स्थानीय शीक्षक रुपलाल बस्नेत, सल्यान दृष्टिकोका सह-सम्पादक ज्ञनेन्द्र पुन लगाएतको अतिथ्यता थियो ।
कार्यक्रमका सभा-अध्यक्ष एनएलजी इन्स्योरेन्सका शाखा प्रमुख अनुराग बोहराले कार्यक्रममा स्वागत मन्तव्य सङ्गै कार्यक्रमको आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पसुपन्छी बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराउनुको साथै कृषी तथा पशु पन्छी बीमा बारे प्रष्ट पारेका थिए ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका रहेका वडा न, १ का अध्यक्ष गंगाराम बस्नेतले मान्छेहरुको बिमा मात्रै नभएर पशु पंछि तथा कृषि बिमा गर्नुपर्ने महत्त्वपूर्ण कुरा बताउदै आफ्नो वडाका कृषक हरु लाई वडाबाट नै बजेट छुट्टाइ कृषी तथा पशु पंछि बीमा अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गरे । उनले यि यस्ता सचेतना मूलक कार्यक्रम बेला बेला हुनुपर्ने र यस्तो महत्वपूर्ण कार्यक्रम ल्याइ गाउँ गाउँमा छाइरहेको एनएलजि इन्स्योरेन्स परिवारलाई बिशेष धन्यवाद समेत दिएका छन ।
साथै विशिष्ट अतिथि IME Life insurance का शाखा प्रमुख भरत रोकायले यसरी कृषकको टोल टोलमा घर घर मा पुगेको एनएलजी बाट विश्वस्त भइ बीमा गर्न आग्रह गरे ।
त्यसैगरी अतिथिको रुपमा स्थानीय शिक्षक साथै सल्यानी बहुउद्देश्यीय कृषि फर्मका संचालक कृष्ण बहादुर बस्नेतले शाखा प्रमुख अनुराग बोहराको सहजीकरणका कारण ५ ओटा बीमा दाबी बापको चेक एकैपटक भुक्तानी पाइ पछिल्लो समय बिश्वस्त भएर बीमा बनाइ राखेको कुरा ब्यक्त गरे ।
कार्यक्रममा सभा-ध्यक्ष समेत रहेका एनएलजि इन्स्योरेन्स श्रीनगर शाखाको प्रमुख अनुराग बोहराले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका सम्पुर्ण लाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए । साथै एनएलजी इस्न्योरेन्स सल्यान शाखाको तर्फ बाट कृषकलाइ सहजीकरण सम्बन्धमा आफू अहोरात्र तमतयार रहेको प्रष्ट पार्नुको साथै प्रतिबद्ध रहेको जानकारी समेत गराए।
उक्त कार्यक्रम संचालन एनएलजी इन्स्योरेन्समा अभिकर्ताको रुपमा काम गर्दै आउनु भएका वार्ड न १ का स्थानीय शिक्षक आदर्श कुमार बस्नेतले गरेका थिए। कार्यक्रममा वडाका वडा अध्यक्ष, स्थानीय शिक्षकहरु तथा कृषक लगाएत ५८ जनाको सहभागिता रहेको थियो ।